कार्तिक २३ । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कुनै पनि धाँधली नभएको त्यहाँको संघीय निर्वाचन आयोगले प्रष्ट पारेको छ। संघीय निर्वाचन आयोगकी आयुक्त एलेन वेन्ट्राउवले सीएनएनसँगको कुराकानीमा अहिलेसम्म कुनै पनि धाँधलीको प्रमाण फेला नपरेको बताइन्। ‘बाहिर आएको हल्लामाझैँ निर्वाचनमा अवैध मतदान भएको बारे हालसम्म आयोगले कुनै प्रमाण प्राप्त गरेको छैन,’ उनले भनिन्।
तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापक धाँधली भएको आरोप लगाउँदै अदालतमा मुद्दा समेत हालेका छन्। यही नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा डेमोक्य्राट उम्मेदवार जो बाइडन विजयी भएका छन्। एजेन्सी
Facebook Comments


























