चितवन, कार्तिक १३ । चितवनमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचाररत खैरहनी नगरपालिका– १३ का ७३ वर्षीय वृद्धको मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए।
श्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका उनमा कार्तिक ३ गते कोभिड १९ को संक्रमण पुष्टि भएको थियो। भेन्टिलेटरको सहायतामा उपचाररत उनको बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ।
Facebook Comments


























