कार्तिक १३ । घरेलु टिम अष्ट्रेलियाले भारतसँग खेल्ने राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ। क्रिकेट अष्ट्रेलियाले बिहीबार सिमित ओभरको लागि आरोन फिन्चको कप्तानीमा टिमको घोषणा गरेको हो।
अष्ट्रेलियाको टिममा क्यामरुन ग्रीन र मोइसेस हेन्रिक्सले टिममा पुनरागमन गरेका छन्। अष्ट्रेलियाले घरेलु मैदानमा भारतसँग टेस्ट, एकदिवसीय र टी-ट्वान्टी सिरिज खेल्नेछ। अष्ट्रेलिया र भारतबीचको तीन खेलको एकदिवसीय सिरिज नोभेम्बर २७ मा सुरु हुनेछ।
यस्तै तीन खेलको टी-ट्वान्टी सिरिज डिसेम्बर ४ मा सुरु हुनेछ। चार खेलको टेस्ट सिरिज डिसेम्बर १७ मा सुरु हुनेछ। सिरिजका लागि भारतले विराट कोहलीको कप्तानीमा टिमको घोषणा गरिसकेको छ। एजेन्सी
Facebook Comments


























