कार्तिक १० । इटालियन सिरी ‘ए’ फुटबलमा आज (सोमबार) लिग लिडर एसी मिलान र रोमाबीच प्रतिस्पर्धा हुनेछ। मिलानले घरेलु मैदानमा रोमासँग खेल्नेछ । दुई टिमबीचको खेल राति साढे १ बजे सुरु हुनेछ। घरेलु मैदानमा मिलान सहज जितको खोजीमा हुनेछ। यस्तै मिलान जितसहित शीर्ष स्थानको अग्रता कायम राख्न चाहन्छ।
मिलान ४ खेलमा १२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। मिलान अपराजित रहेको छ। तर, बलियो टिम रोमाविरुद्ध मिलानलाई जित निकाल्न कठिन हुनेछ। रोमा मिलानको अपराजित यात्रालाई पूर्णविराम लगाउने योजनामा हुनेछ। यस्तै रोमा लिगमा तेस्रो जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ। रोमा ७ अंक जोडेर नवौं स्थानमा रहेको छ। मिलानलाई पराजित गर्न सके रोमा शीर्ष पाँच भित्र उक्लने छ। एजेन्सी
Facebook Comments


























