कार्तिक ७ । युरोपा लिग फुटबलमा इंग्लिस क्लब आर्सनलले विजयी सुरुवात गरेको छ। समूह चरणको पहिलो खेलमा बिहीबार राति अष्ट्रियन क्लब रापिड विएनलाई २-१ ले पराजित गर्दै आर्सनलले सुखद सुरुवात गरेको हो। रापिडको मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर आर्सनलले जित निकालेको हो। खेलको ५१औं मिनेटमा ट्याक्सीअरचिस फोन्टसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।
तर, ७०औं मिनेटमा डेभिड लुइजले गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा फर्काए। त्यसपछि खेलको ७४औं मिनेटमा पिएरे एम्रिक औबामियाङले गोल गर्दै आर्सनललाई २-१ को जित दिलाए। जितसँगै समूह ‘बी’ को आर्सनलले महत्वपूर्ण ३ अंक जोडेको छ। रापिडले भने हारबाट सिजनको सुरुवात गरेको छ। एजेन्सी
Facebook Comments


























