काठमाडौं, कार्तिक ६ । अहिलेको समयमा ह्वाट्सएप सबैभन्दा सुरक्षित र धेरै प्रयोग गरिने म्यासेजिङ एप हो। एपमा प्रायः सबैसँग च्याट गरिने भए पनि कुनै कुनै च्याटहरु चाहिँ यस्ता हुन्छन्, जसलाई हामी अरु कसैले देख्न नसकोस् भन्ने चाहन्छौं। आज हामी तपाईंलाई ह्वाट्सएपमा गोप्य च्याट कसरी लुकाउने भन्ने बारेमा टिप्स दिँदै छौं।
यसो गर्नुहोस्
- सबैभन्दा पहिला ह्वाट्सएप खोल्नुहोस्।
- त्यसपछि तपाईं जुन च्याटलाई लुकाउन चाहनुहुन्छ, त्यसमाथि केहीबेर थिचेर राख्नुहोस्।
- अब माथितर्फ रहेको अर्काइभ अप्सनमा ट्याप गर्नुहोस्। यति गर्ने बित्तिकै तपाईंको च्याट ह्वाट्सएप खोल्दा देखिने छैन।
आईफोनमा के गर्ने ?
- आईफोनका लागि सुरुमा आफ्नो ह्वाट्सएप खोल्नुहोस्।
- जुन च्याटलाई तपाईं लुकाउनु चाहनुहुन्छ, त्यसलाई दायाँतर्फ स्वाइप गर्नुहोस्।
- तपाईंले दायाँतर्फ स्वाइप गरेसँगै अर्काइभ अप्सन देखिनेछ, त्यसमा दबाउनुहोस्।
- यति गरेपछि तपाईंको च्याट लुकेर बस्नेछ।
लुकाइएको च्याट कसरी फिर्ता ल्याउने ?
- लुकाइएको च्याटलाई फिर्ता ल्याउन ह्वाट्सएप खोल्नुहोस्।
- अब स्क्रिनमा सबैभन्दा तल जानुहोस्।
- त्यहाँ तपाईंले अर्काइभ्ड अप्सन देख्न सक्नुहुनेछ। त्यसमा दबाउनुहोस्।
- अर्काइभमा केहीबेर दबाएर राख्ने बित्तिकै तपाईंले अनअर्काइभ अप्सन देख्न सक्नुहुनेछ। त्यसमा ट्याप गर्नुहोस्।
- यसरी अब तपाईंको अर्काइभमा बसेको च्याट मेन च्याट बक्समा पहिले जस्तै देखिन थाल्नेछ।
Facebook Comments


























