काठमाडौं, कार्तिक १ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पार्टी संसदीय दलमा अविश्वास प्रस्ताव दर्ताका विविध सन्दर्भमा शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुने भएको छ। शनिबार बिहान ११ बजे बालुवाटारमा छलफल हुन लागेको नेकपाका कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्माले जानकारी दिए।
मुख्यमन्त्री शाही विरुद्ध विद्रोह प्रयास सुरु भएपछि सो प्रक्रियालाई थाती राख्न भन्दै शाही सहित नेकपाका प्रदेश कमिटीका पदाधिकारीलाई काठमाडौं बोलाइएको थियो। उनीहरु बिहीबारै काठमाडौं आइपुगेका थिए। कर्णालीबाट आएका कतिपय नेताहरुले पार्टी शीर्ष नेतृत्वसँग भेटवार्ता गरिसकेका छन्।
Facebook Comments


























