कार्तिक १ । केलियन एम्बाप्पेको दुई गोल मद्दतमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले निम्समाथि शानदार जित हात पारेको छ। शुक्रबार राति भएको खेलमा निम्सलाई ४–० ले हराउँदै पीएसजी फ्रेन्च लिग वानको शीर्ष स्थानमा पनि उक्लिएको छ। पीएसजीको सहज जितमा एम्बाप्पेले दुई गोल गर्दा एलसान्द्रो फ्लोरेन्जी र पाब्लो सारावियाले समान एकरएक गोल गरे।
लिग वानको पछिल्लो पाँच खेलमा पीएजसीको यो लगातार पाँचौ जित हो। पीएसजीले सुरुवाती दुई खेल गुमाएको थियो। जितसँगै पीएसजीको ७ खेलबाट १५ अंक पुगेको छ। समान खेलबाटै रेनेसलेको पनि १५ अंक नै रहे पनि गोलअन्तरमा पीएसजी शीर्षस्थानमा छ। एजेन्सी
Facebook Comments


























