काठमाडौं, असोज २९ । नवनियुक्त शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले अलपत्र योजनाहरु अघि बढाउने बताएका छन्। राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले मन्त्रालयका कामको अवस्था बुझेर रोकिएको योजनाहरु अघि बढाउने बताएका हुन्।
उनले भने, ‘सबै मन्त्रालयहरु हामीले बनाउने गरेका थियौँ, अब हाम्रो मन्त्रालय बनाउँछौँ।’ चुनौतिहरु रहे पनि समन्वयमा काम गर्ने उनले बताएका छन्। शहर विकास राज्यमन्त्री रामवीर मानन्धरसँग काम गर्ने उनले बताए।
Facebook Comments


























