असोज २५ । यूएईमा जारी १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत सनराइजर्स हैदरावादले राजस्थान रोयल्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हैदरावादले टस जितेर पहिले ब्याटिङ गर्ने भएको हो। राजस्थानले हैदरावादविरुद्ध केही बेरमा बलिङ थाल्नेछ।
आजको खेलमा दुबै टोली जित निकाल्ने योजनामा छन्। आइतबारको खेलमा फराकिलो जित निकाल्दै हैदरावाद तालिकाको शीर्ष तीनमा उक्लिने योजनामा छ।
उता लिगमा बलियो टोली मानिएको राजस्थान पनि आजको खेलमा जित निकाल्ने योजनामा छ। आजको खेलमा जित निकाल्न सकेमा राजस्थानले अघिल्लो चरण प्रवेशका लागि आफूलाई बलियो बनाउने योजनामा छ।
Facebook Comments


























