चितवन, असोज २५ । भरतपुर महानगपालिका २० का वडाध्यक्ष मणिलाल तामाङको निधनप्रति भरतपुर महानगरपालिकाले गहिरो दुःख व्यक्त गरेको छ। भरतपुर महानगर प्रमुख रेनु दाहालले आइतबार शोक वक्तव्य प्रकाशित गर्दै दिवंगत तामाङप्रति हार्दिक श्रद्धाञ्जली र शोकासंतप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेकी छिन्।
कोरोना संक्रमणबाट निधन भएका वडाध्यक्ष तामाङको सम्मानमा भरतपुर महानगरपालिका र मातहतका कार्यलय भाली (सोमबार) एकदिन बन्द रहने शोक वक्तव्यमा उल्लेख छ। ६९ वर्षीय तामाङको भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकका संयोजक डा.प्रमोद पौडेलले जानकारी दिए ।

Facebook Comments


























