काठमाडौं, असोज २१ । नेपाली बजारमा आज सुनको भाउ घटेको छ। साताको पहिलो दिन आइतबार प्रतितोला २ सय रुपैयाँले बढेको सुन सोमबार ४ सयले घटेको थियो। मंगलबार सुन एकै दिन ८ सयले बढेको थियो। आज बुधबार सुन ८ सयले नै घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुन ९४ हजार १०० मा कारोबार भइरहेको छ। यस्तै तेजाबी सुनको आजको मूल्य ९३ हजार ६ सय कायम गरिएको छ। यता चाँदीको भाउ पनि आज घटेको छ। आज चाँदी २५ रुपैयाँले घट्दै १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो साता पनि सुनको मूल्यमा घटबढ भइरहेको थियो।
Facebook Comments


























