काठमाडौं, असोज २१ । चलचित्र ‘आमा’ मा जीवन्त अभिनयको कारण सबैको मन जित्न सफल अभिनेत्री मिथिला शर्मा र सुरक्षा पन्तको अभिनय रहेको गीत ‘आमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतको भिडियोमा अभिनेत्री सुरक्षा पन्तको फेरी एक पटक जीवन्त अभिनय देख्न सकिन्छ।
गीतमा आफ्नो सन्तानलाई मस्तिष्क पक्षाघातले निम्त्याएको पीडा र परिवारमा पर्न गएको पीडा देखाउन खोजिएको छ। भिडियोमा मस्तिष्क पक्षाघात भएका सन्तानको भविस्यको चिन्ता बोकेकी आमाको कथा प्रस्तुत गरिएको छ।
चलचित्र गायिका अन्जु पन्तको स्वर रहेको सार्वजनिक गीतलाई नरेश प्रधानले लेखेका हुन्। गीतमा हरि लम्सालको संगीत तथा एरेन्ज रहेको छ। स्टुडियो साउन्ड मिल मा रेर्कडिङ गरिएको यस गीतलाई महेश्वर मान राजभण्डारीले मिक्सिङ,मास्टरिङ गरेका हुन।
अनुप चापागाईको निर्देशन रहेको भिडियोलाई उत्सब दाहालले छायांकन गरेका हुन्। भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन्। बुनु श्रेष्ठले गीतलाई कोडिनेटर गरेकी हुन्। पछिल्लो केहि बर्ष यता गायिका बुनु श्रेष्ठ र नरेश प्रधानले मस्तिष्क पक्षाघात सम्बन्धि जनचेतना मुलक गीत मार्फत समाजमा जनचेतना फैलाउने अभियानमा लागेका छन्। गीतलाई साउन्ड मिलको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको हो।


























