काठमाडौं, असोज २१ । २४ दिनदेखि सत्याग्रहमा रहेका डा.गोविन्द केसीको अवस्था झन् जटिल बन्दै गएको चिकित्सकहरुले बताएका छन्। उपचारमा संलग्न डा.सुवास आचार्यले डा.केसीको स्वास्थ्य अवस्था अत्यधिक चिन्ताजनक बनेको जानकारी दिए।
उनका अनुसार रक्तचाप अत्यधिक मात्रामा घटेर ७०/५० पुगेको, सुगरको मात्र निकै कम भएको छ। ‘‘नर्मल स्लाइन दिइएको छ, अन्य कुनै पनि उपचार सेवा लिन मान्नुभएको छैन,’’ उनले भने, “जुनसुकै समयमा आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था देखिएको छ।”
गत भदौ २९ गते ६ बुँदे माग राखेर जुम्लाको एक मन्दिरमा डा.केसीले सत्याग्रह सुरु गरेका थिए।
Facebook Comments


























