काठमाडौं, असोज २१ । नेपाली कांग्रेसका सांसद गगन थापाले पशुपति क्षेत्र विकास कोषको नयाँ गुरुयोजना खारेज गर्न माग गरेका छन्। उनले यो गुरुयोजनाको निर्माण प्रक्रिया र सामाग्री दुवै नमिल्ने बताएका छन्। ‘यो गुरुयोजना नै होइन’, ट्विटरमा थापाले लेखेका छन्।
‘यसलाई खारेज गरौँ। पुरानो गुरुयोजनाको सम्पूर्ण समीक्षा गरौँ। तत्पश्चात् मात्रै हामी सरोकारवाला सबैको सहभागितामा वास्तविक गुरुयोजना बनाऔँ भन्ने सरकारसँग हाम्रो माग हो’, उनले भनेका छन्। पशुपति क्षेत्रको वृहत्तर विकासका लागि बनाइएको भनिएको गुरुयोजनाको सरोकारवालाहरुले विरोध गर्दै आएका छन्।
Facebook Comments


























