असोज २० । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले उरुग्वेका स्ट्राइकर एडिनसन काभानीलाई अनुबन्धित गरेको छ। युनाइटेडले ट्रान्सफर विन्डोको अन्तिम दिन काभानीलाई फ्रि ट्रान्सफरमा अनुबन्धित गरेको हो। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का पूर्व स्ट्राइकरले युनाइटेडसँग एक वर्षको सम्झौता गरेका छन्। ३३ वर्षीय काभानीले गत जुनको अन्त्यसँगै पीएसजी छाडेका थिए।
काभानीले क्लब फुटबलमा ५ सय ५६ खेलमा ३ सय ४१ गोल गरेका छन्। पीएसजीका लागि उनले ३ सय १ खेलमा २०० गोल गरेका छन्। उरुग्वेका लागि उनले १ सय १६ खेलमा ५० गोल गरेका छन्। एजेन्सी
Facebook Comments


























