असोज २० । ब्राजिलका अन्तराष्ट्रिय खेलाडी राफिन्हा अल्कान्टारा पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका छन्। ला लिगा क्लब बार्सिलोनाका खेलाडीलाई लिग वान च्याम्पियन्स पीएसजीले अनुबन्धन गरेको हो। दुवै क्लबले खेलाडी सरुवाको पुष्टि गरेका छन्।
राफिन्हा लिभरपुलका मिडफिल्डर थियागो अल्कान्टाराका भाई हुन्। राफिन्हा बार्सिलोनाको एकेडेमी ला मासियाका उत्पादन हुन्। उनले बार्सिलोनाबाट तीन ला लिगाको उपाधि जितेका थिए।
२७ वर्षिका खेलाडीले पछिल्ला २ सिजन इन्टर मिलान र सेल्टा डी भिगोबाट लोनमा खेलेका थिए। स्पेनिस मिडियाका अनुसार ३ मिलियन युरोमा सम्झौता पक्का भएको छ।
पीएसजीले सरुवा बजारको अन्तिम समयमा दुई खेलाडीलाई अनुबन्धन गरेको छ। उसले सरुवा बजारको अन्तिम दिन पोर्टोका डिफेन्सिभ मिडफिल्डर ड्यानिलो परेरालाई लोनमा अनुबन्धन गरेको थियो। एजेन्सी
Facebook Comments


























