काठमाडौं, १९ असोज । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक भोलि अपरान्हका लागि डाकिएको छ। यसअघि दुईपटक बैठक स्थगित गरिएको बैठक भोलि अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी डाकिएको हो।
नेकपा बैठकमा राजदूत नियुक्ति, मन्त्रिमण्डल पुर्नगठन, दाङलाई प्रदेश ५ को राजधानी बनाउने सरकारको प्रस्तावलगायतका विषयमा छलफल हुने बुझिएको छ।
Facebook Comments


























