काठमाडौं, असोज १९ । प्रदेश नं ५ को प्रदेशसभा बैठक अवरुद्ध भएको छ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग भएको छलफलमा सहमति नजुटेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक अवरुद्ध गरेको हो।
प्रदेशको राजधानी र नामाकरणका विषयमा सहमती जुट्न नसक्दा पछिल्लो समय बुटवल लगायतका ठाउँहरुमा विरोध प्रदर्शन भइरहेका छन्। मन्त्रिपरिषद्ले प्रदेशको राजधानी दाङको भालुवाङ र लुम्बिनी नामाकरण गर्नको लागि प्रस्ताव गरेसँगै विवाद देखिएको हो।
आज नेकपा प्रदेश संसदीय दलको बैठकले आफ्ना सांसदहरुलाई दाङ राजधानी सार्ने प्रस्तावमा मतदान गर्नका लागि ह्वीप जारी गरेको छ। बैठक दिउँसो २ बजेसम्म अवरुद्ध भएको स्रोतले जनाएको छ।
Facebook Comments


























