काठमाडौं, असोज १९ । प्रदेशसभामा पेश भएको प्रदेश ५ को स्थायी राजधानी र नामबारे छलफलका लागि सत्तारुढ दल नेकपाले संसदीय दलको बैठक बोलाएको छ। बिहान ७ बजेका लागि उपस्थित हुन आइतबार साँझ नै सांसदहरुलाई एसएमएस गरिएको थियो। पार्टीको संसदीय दलको कार्यालयमा बैठक डाकिएको हो।
नेकपा मुख्य सचेतक भूमिश्वर ढकालले ७ बजेका लागि बोलाइएको बैठकमा सांसदहरु जुट्ने तयारीमा रहेको जानकारी दिए। बैठकमा सांसदहरुले आफ्ना केही धारणा भए राख्ने भन्ने। पार्टीको संसदीय दलको बैठकमा छुटेका धारणा आजको बैठकमा राख्ने ढकालले जानकारी दिए।
बैठकले नेकपा सांसदहरुलाई ह्वीप लगाउने निर्णय गर्नसक्ने छ। यसअघि ह्वीप लगाउन सक्ने निर्णय गरेपनि नेकपाले राजधानी र नामबारे ह्वीप लगाउने जानकारी सांसदहरुलाई गराएको छैन।
Facebook Comments


























