असोज १२ । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामले उल्भ्सलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ। आइतबार राति भएको खेलमा वेस्ट ह्यामले उल्भ्सलाई ४-० गोल अन्तरले पराजित गरेको हो। घरेलु मैदानमा १७ औं मिनेटमा जरोड बोविनले गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए। ५७ औं मिनेटमा बोविनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए।
खेलको ६६ औं मिनेटमा उल्भ्सका राउल जेमिनेजले आत्मघाती गोल गरेपछि वेस्ट ह्याम ३-० ले अघि रह्यो। त्यसपछि खेलको इन्जुरी समयमा सेबास्टियन हलेरले गोल गर्दै वेस्ट ह्यामलाई ४-० को जित दिलाए। उल्भ्सलाई हराएसँगै वेस्ट ह्यामले सिजनको पहिलो जित निकालेको छ। वेस्ट ह्यामले ३ खेलमा ३ अंक जोडेको छ। वेस्ट ह्याम तालिकाको दशौँ स्थानमा रहेको छ। उल्भ्सको यो दोस्रो हार हो। उल्भ्सले ३ खेलमा ३ अंक जोडेको छ। एजेन्सी
Facebook Comments


























