असोज १२ । साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा जित निकालेको छ। आइतबार राति भएको खेलमा पीएसजीले रिम्सलाई २-० गोल अन्तरले पराजित गरेको हो। रिम्सको मैदानमा पीएसजीलाई जित दिलाउन दुवै गोल मौरो इकार्डीले गरे। पहिलो हाफको नवौं मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए।
खेलको ६२ औं मिनेटमा इकार्डीले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २-० को जित दिलाए। पीएसजीको यो सिजनको तेस्रो जित हो। पीएसजीले ५ खेलमा ९ अंक जोडेको छ। पीएसजी तालिकाको सातौं स्थानाम रहेको छ। रिम्स १ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ। रिम्सको यो चौंथो हार हो। एजेन्सी
Facebook Comments


























