मोरङ, असोज ७ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि सीमा नाका बन्द भए पनि भारतीयहरू लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन।सशस्त्र प्रहरी बल बीओपी रानीले विराटनगर –१७ इश्लामपुर स्थित सीमा नाकाबाट १५ जना भारतीय नागरिक लुकीछिपी नेपाल प्रवेश गरेपछि उनीहरूलाई पक्राउ गरेको छ।
सरकारले तोकेको भन्दा बाहेकको नाकाबाट नेपाल प्रवेश गरेपछि उनीहरूलाई नियन्त्रणमा लिएर भारतीय प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी बल बीओपी रानी विराटनगरले जनाएको छ।
सरकारले प्रदेश १ को मोरङको जोगवनी, सुनसरीको भान्टावरी, झापाको काँकरभिट्टा र इलामको पशुपती नगरको नाकाबाट मात्र आवतजावत गर्न दिने निर्णय गरेको छ।
Facebook Comments


























