धादिङ, असोज ७ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरीमा पहिरोले गाडी पुरिएपछि सकड अवरूद्ध भएको छ। गजुरीको बडा नम्बर-५ गलौदीमा पहिरो जादा २ वटा गाडीको दाँयापट्टीको भाग पुरिएपछि सडक अवरूद्ध भएको हो।
काठमाडौबाट धनगढीका लागि छुटेको ना ६ ख ६४०८ नम्बरको कन्टेनरको एउटा भाग पुरिएको छ। यस्तै काठमान्डौतर्फ जाँदै गरेको भारतीय कन्टेनर पनि पहिरोले च्यापिएपछि सडक अवरूद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ।
राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएपछि सडक बिभागको गजुरी फिल्ड कार्यलयले डोजर प्रयोग गरी पहिरो हटाउने काम गरिरहेको छ।
Facebook Comments


























