असोज, ४ । वातावरणको तापक्रमले फोनको भित्री तापक्रमलाई पनि असर पार्ने गर्दछ। धेरैजसो गर्मीमा फोन अत्याधिक तातिने गर्छ। यसले गर्दा स्मार्टफोन ह्याङ्ग हुने, ब्याट्री चाँडै सकिने जस्तो समस्या हुने गर्छन । यसलाई कम गर्न तलको केही उपायहरु प्रयोग गर्न सकिन्छ।
घामबाट टाढा राख्ने
घाममा धेरै बेर सम्म फोनलाई छोड्यो भने स्मार्टफोनले घामको ताप लिने गर्दछ। यसले गर्दा फोन चल्नै छाडिदिन्छ। स्मार्टफोनले तापलाई धेरै बेर सम्म राखिरहने गर्दछ जसले गर्दा फोन अत्याधिक तात्तिने गर्दछ। त्यसैले हामीले स्मार्टफोनलाई घाममा छाडिदिनु हुदैन।
स्क्रीनको ब्राईटनेस धेरै नबढाउने
स्मार्टफोनको स्क्रीनको ब्राईटनेस धेरै बढायो भने त्यसले ब्याट्री र प्रोसेसरलाई झन बढि काम गराउँछ र फोन तातिने गर्दछ। बाहिर उज्यालो ठाँउमा हेर्नुपर्यो भने स्क्रीनको ब्राईटनेस बढाउनु भन्दा फोनमा ग्लेर स्क्रीन लगाउँदा राम्रो हुन्छ।
ब्याकग्राउन्ड एपलाई बन्द गर्ने
हेम बटन या ब्याक बटन थिचेर मात्रै एप बन्द हुदैन हामीले डिभाइसको रिसेन्टमा गएर एप बन्द गर्नुपर्छ। यस्तो गर्दा ती एपहरु ब्याकग्राउन्डमा पनि नचल्ने हुन्छन र स्मार्टफोनले पनि कम काम गर्नुपर्छ र फोन तात्तिदैन्।
अत्याधिक तात्तेको बेला फोनको कभर हटाइ दिने
स्मार्टफोन अत्याधिक तात्तेको बेला फोनको कभर हटाइ दिनुपर्छ। फोनको कभरले तापलाई बाहिर जान बाट रोक्छ र अझै तताई दिन्छ। फोनको कभर हटाए पछि स्मार्टफोन छिटै चिसो हुन्छ।
स्मार्टफोनलाई फ्रिजमा नराख्ने
धेरैले फोन छिटो चिसो हुन्छ भन् ठानेर फोनलाई फ्रिजमा राखिदिन्छन तर यसले उल्टै फोनलाइ गलत प्रभाव पार्ने गर्दछ।
अचानक तापक्रम परिवर्तन हुदाँ फोनलाई नराम्रो असर पार्छ र भित्र चिसो पनि छिर्न सक्छ जस्ले फोनलाई बिगार्न सक्छ।


























