काठमाडौं, असोज ४ । चर्चित हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) को आज जन्मदिन परेको छ। सोलुखुम्बुको नेचाबेतघारीमा जन्मिएका धुर्मुस आजबाट धुर्मुस ३७ वर्षमा लागेका छन्।
जन्मदिनको अवसरमा उनलाई बिहानैदेखि शुभकामनाको ओइरो लागेको छ। हाँस्यशृखला मेरी बास्सै बाट धुर्मुस नामले चिनिएका उनी अहिले सामाजिक कार्यमा धेरै न अघि छन्। चलचित्रमा पनि अभिनय गरिसकेका उनले भूकम्प पिडितहरुलाई बस्ती बसाईदिने र विभिन्न सामाजिक अभियानमा समेत सक्रिय रहने कार्य गरे।
कलाकरितासँगै समाज सेवामा समेत सकृय रहेका उनी अहिले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काममा जुटिरहेका छन्। यस्तै आज जन्मदिनको अवसरमा उनलाई केदा घिमिरे ९माग्नेबुढा०ले पनि शुभकामना दिएका छन्।
उनले सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिदै भनेका छन्- ‘कलाकार/लेखकर निर्देशक रसमाजसेवी मित्र सिताराम जीलाई जन्मदिनको 3 टडक् शुभकामना। साथै रंगशाला निर्माणको सम्पन्नताको लागि अग्रिम शुभकामना। जय जन्म।’


























