भदौ, ३१ । एप्पलले मंगलबार नयाँ आईप्याड एयर सार्वजनिक गरेको छ। जुन कम्पनीको आइप्याड प्रो जस्तै देखिन्छ। यो अहिले सम्म रहिरहेको आईप्याड एयर भन्दा चाँही भिन्नै छ।
नयाँ आईप्याड एयर भने आइप्याड प्रो को नवीकरण गरेको जस्तो देखिन्छ। यसको सुरुवती मूल्य ५९९ डलर रहेको छ।
नयाँ आईप्याडमा १०.९ इन्चको लिक्विड रेटिना डिस्पले रहेको छ। एप्पलले यसमा टच आइडीलाई पावर बटनमा राखेको छ। यो पावर बटनमा बायोमेट्रिक भएको पहिलो आईप्याड हो।
यसमा एप्पलले फाइभ एनएमको ए १४ बायोनिक प्रोसेसर राखेको छ। यसमा १२ मेगापिक्सेलको रियर क्यामेरा राखिएको छ भने ७ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ। यो आईप्याड एयर अर्को महिनादेखि उपलब्ध हुने एप्पलले जनाएको छ।
Facebook Comments


























