भदौ २६ । नाओमी ओकासाका यूएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन्।
दुई पटककी ग्रान्डस्लाम विजेता ओकासाले महिला स्पर्धाको फाइनलमा स्थान सुरक्षित गरेकी हुन्।
उनले अमेरिकी खेलाडी जेनिफर ब्रेडीलाई ७–६ (७–१), ३–६, ६–३ को सेट मा पराजित गरिन।
ओसाकाले सन् २०१८ को उपाधि समेत जितेकी थिईन्।
२२ बर्षकी ओसाकाले सेरेना विलियम्स र भिक्टोरिया अजारेन्कासंग उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्नेछिन्।
पुराना चिरप्रतिद्धन्दी सेरेना र भिक्टोरिया यूएस ओपन टेनिसको सेमिफाइनलमा भिडेका छन्। एजेन्सी
Facebook Comments

























