भदौ २६ । ट्रिनबागो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ।
बिहीबार भएको फाइनलमा सेन्ट लुसिया जोउक्सलाई ८ विकेटले पराजित गर्दै ट्रिनबागोले उपाधि जितेको हो।
ट्रिनबागोले अपराजित रहदै उपाधि जितेको हो। यस्तै ट्रिनबागोले तेस्रो पटक सीपीएलको उपाधि जितेको हो।
ब्रायन लारा क्रिकेट स्टेडियममा सेन्ट लुसियाले दिएको १ सय ५५ रनको लक्ष्य ट्रिनबागोले १८ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो।
ट्रिनबागोको जितमा लेन्डेल सिमोन्सले अविजित रहदै ८४ रनको अर्धशतकीय इनिङ्स खेले।
यस्तै डरेन ब्राभोले पनि अविजित रहदै ५८ रनको आर्शशतकीय इनिङ्स खेले।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट लुसियाले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय ५४ रन बनाएको थियो।
सेन्ट लुसियाका आन्द्रे फलेट्चरले ३९ रन जोड्दा मार्क डियालले २९ रन जोडे।
यस्तै नाजिबउल्लाह जाड्रनले २४ र रोस्टन चेसले २२ रन बनाए।
ट्रिनबागोका केइरन पोलार्डले ४ विकेट लिए। अली खान र फावाद अहमेदले २र२ विकेट लिए।
यस अघि ट्रिनबागोले सेमिफाइनलमा जमैका तलाबाजलाई हराएको थियो।
सेन्ट लुसियाले गुएना अमेजन वारियर्सलाई हराएको थियो। एजेन्सी


























