काठमाडौं, भदौ २५ । नेपालमा तीन दिन संविधान दिवस मनाइने मुद्रण विभागले जनाएको छ। विभागले असोज २ देखि ४ गते राष्ट्रिय महोत्सवका रुपमा संविधान दिवस मनाउने निर्णय गरेको हो।
विभागले संविधान दिवसका अवसरमा सहरका विभिन्न स्थानमा शुभकामना सन्देश दिन डिस्प्ले राखिने पनि जनाएको छ। साथै उक्त अवसरमा सबै नागरिकले घरघरमा नेपालको झण्डा फहराउन पनि विभागले अनुरोध गरेको छ।
विभागले संविधान दिवस (राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔं, घर घरमा राष्ट्रिय झण्डा फहराऔं’ स्लोगन सबैलाई एसएमएसमार्फत पठाउने पनि बताएको छ।
यस्तै संविधान दिवसमा राष्ट्रियस्तरका पत्रिकामा संविधान विशेषाङ्क प्रकाशित गरिने पनि जनाइएको छ।
असोज २ गतेदेखि ४ गतेसम्म दीप प्रज्वलन गर्ने र संविधान दिवसमा मोबाइल प्रयोगकर्तालाई पनि विशेष छुट दिने जनाइएको छ।
Facebook Comments


























