भदौ २५ । कोरोना भाईरसको महामारीको कारण यस वर्षको एएफसी कप फुटबल प्रतियोगिता रद्द भएको छ।
एसियन फुटबल फेडेरसन (एएफसी) ले बिहीबार क्लब स्तरीय एएफसी कप रद्द गर्ने निर्णय गरेको हो।
अनलाईनको माध्यमबाट बसेको एएफसीको बैठकले कोरोनालाई मध्येनजर गर्दै यस वर्षको एएफसी कप रद्द गर्ने निर्णय गरेको हो।
एएफसी कपमा यस वर्ष नेपालको क्लबले सहभागिता जनाउने थिएँन। नेपालको लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले एएफसीको क्लब लाईसेन्स नपाएको कारण एएफसी कप खेल्ने मौका गुमाएको थियो।
यस्तै युएईमा तय भएको एएफसी फुटसल क्लब च्याम्पियनसिप समेत रद्द गरिएको छ।
एएफसीले एएफसी यू-१६ र यू-१९ च्याम्पियनसिप २०२१ सम्मको लागि स्थगित गरेको छ।
एएफसी सोलिडारिटी कप समेत २०२४ सम्मका लागि स्थगित गरिएको छ।
तर, एएफसी फुटसल च्याम्पियनसिप कुवेतमा डिसेम्बर २-१३ सम्म गराउने निर्णय गरेको छ।
त्यस्तै एएफसी च्याम्पियन्स लिगको इस्ट जोनको खेलहरु नोभेम्बर १५ देखि १३ डिसेम्बरसम्म गर्ने निर्णय गरेको छ। एजेन्सी


























