काठमाडौं, भदौ २५ । आज मन्त्रिपरिषद् बैठक बस्दै छ। यही बैठकमा नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी प्रमुखको कार्यकालबारे निर्णय हुनसक्ने बताइएको छ।
एक मन्त्रीका अनुसार आजको बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको समय थप्ने विषयमा सल्लाह हुँदैछ। घिसिङको चार वर्षे कार्यकाल २९ भदौमा सकिँदै छ।
उनको कार्यकाल थप्न ऊर्जा मन्त्रालयबाट प्रस्ताव आज मन्त्रिपरिषद् बैठकमा लग्न सकिने ती मन्त्रीले जानकारी दिएका हुन्। ती मन्त्रीका अनुसार यसपटक कुलमानको कार्यकाल २ वर्षका लागि मात्र थप हुनसक्ने सम्भावना बढी छ।
देशमा प्रत्येक दिन घन्टौं लोडसेडिङ हुने समयमा विद्युत् प्राधिकरणका कार्यकारीमा खुला प्रतिस्पर्धाबाट पुगेका घिसिङले लोडसेडिङ अन्त्य गरेका थिए।
Facebook Comments


























