काठमाडौं, भदौ २५। विहिबार सुनको मुल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सयले बढेर प्रतितोला ९६ हजार ८ सयमा कारोबार भइरहेको छ।
यसअघि बुधबार सुन तोलाको ९६ हजार ४ सयमा कारोबार भएको थियो।
त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ३ सयमा कारोबार भइरहेको छ।
त्यसैगरी विहिबार चाँदीको मुल्यमा पनि सामान्य वृद्धि भएको छ।
विहिबार चाँदीको मुल्य तोलामा १० रुपियाँले बढेर १३ सय २५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments


























