भदौ १२ । घरेलु टिम इंग्ल्यान्ड र पाकिस्तानबीचको पहिलो टी-ट्वान्टी खेल आज (शुक्रबार) हुँदैछ।
तीन खेलको सिरिज अन्तर्गत शुक्रबार इंग्ल्यान्ड र पाकिस्तानले पहिलो खेल खेल्न लागेको हो।
म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा दुई टिमबीचको खेल नेपाली समय अनुसार राति पौने ११ बजे सुरु हुनेछ।
पहिलो खेलका लागि मैदान उत्रदा दुबै टिम जित निकाल्ने लक्ष्यमा हुने छन्।
इंग्ल्यान्ड इयान मोर्गनको कप्तानीमा मैदान उत्रने छन्। तर, चोटका कारण ओपनर ब्याट्सम्यान जेसन रोय टिममा हुने छैनन्।
पाकिस्तान बाबर आजमको कप्तानीमा मैदान उत्रने छन्।
इंग्ल्यान्डसँगको टेस्ट सिरिज गुमाएको पाकिस्तान टी-ट्वान्टी सिरिज जित्ने लक्ष्यमा रहेको छ। इंग्ल्यान्डले तीन खेलको टेस्टमा १-० ले आफ्नो बनाएको थियो।
यस्तै इंग्ल्यान्ड टी-ट्वान्टी सिरिज समेत आफ्नो बनाउने लक्ष्यमा हुनेछ।
दुई टिमबीच पछिल्लो पटक सन् २०१९ को मेमा खेल भएको थियो। उक्त खेलमा इंग्ल्यान्ड ७ विकेटले विजयी भएको थियो।
दुई टिमबीचको दोस्रो खेल अगस्ट ३० र तेस्रो खेल सेप्टेम्बर १ मा हुनेछ।
पाकिस्तानपछि इंग्ल्यान्डले अष्ट्रेलियासँग एकदिवसीय र टी-ट्वान्टी सिरिज खेल्नेछ। एजेन्सी


























