भदौ ४ । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको खेल तालिका बिहीबार सार्वजनिक हुने भएको छ।
प्रिमियर लिगले २०२०/२१ को सिजनको खेल तालिका बिहीबार सार्वजनिक गर्ने जनाएको छ।
प्रिमियर लिगको नयाँ सिजन सेप्टेम्बर १२ बाट सुरु हुनेछ। सिजन २०२१ को मे २३ मा सकिनेछ।
सधै अगस्टमा सुरु हुने सिजन कोरोना भाईरसको महामारीको कारण ढिला सुरु हुन लागेको हो।
कोरोनाको कारण अघिल्लो सिजन तीन महिना स्थगित भएपछि नयाँ सिजन ढिला सुरु हुन लागेको हो।
अघिल्लो सिजनको उपाधि भने लिभरपुलले जितेको थियो।
लिभरपुलले ३० वर्षपछि पहिलोपटक उपाधि जितेको हो। एजेन्सी
Facebook Comments


























