भदौ, १ । नेपाली बजारमा इन्फिनिक्सको नयाँ स्मार्टफोन इन्फिनिक्स हट नाइन प्ले उपलब्ध भएको छ। शक्तिशाली ब्याट्री सहित नेपाली बजारमा इन्फिनिक्स हट नाइन प्ले मोबाइल सार्वजनिक भएको हो।
६.८२ इन्च आइपीएस एलसिडी डिस्प्ले रहेको यस फोनमा मिडिया टेकको हेलियो १२२ प्रोसेसर प्रयोग गरिएको छ। यस फोन एन्ड्रोइड टेन अपरेटिङ सिस्टममा आधारित रहेको छ।
यो फोन २ जीबी र्याम र ४ जीबी र्याममा उपलब्ध रहेको छ। भने ३२ जीबी र ६४ जीबी इन्टरनल स्टोरेजमा उपलब्ध रहेको छ। इन्फिनिक्स हट नाइन प्लेमा १३ मेगापिक्सेलको रियर क्यामेरा रहेको छ। भने सेल्फी क्यामेरा ८ मेगापिक्सेलको रहेको छ।
फिंगरप्रिन्टको सुविधा सहित यसमा ६ हजार एमएएचको शक्तिशाली ब्याट्री राखिएको छ। २ जीबी र्याम र ३२ जीबी इन्टरनल स्टोरेज रहेको इन्फिनिक्स हट नाइन प्लेको मूल्य ११ हजार ४९० रुपैयाँ रहेको छ। त्यस्तै ४ जीबी र्याम र ६४ जीबी इन्टरनल स्टोरेज रहेको इन्फिनिक्स हट नाइन प्लेको मूल्य १४ हजार ९९० रुपैयाँ रहेको छ।


























