काठमाडौं, भदौ १ । अब नेपाली पासपोर्टको रङ परिवर्तन हुने भएको छ।
साउन २६ गते नेपाल राजपत्रमा प्रकाशित राहदानी नियमावली २०७७ मा पासपोर्टको रङ परिवर्तन गरिने बताइएको छ। हरियो रंगको पासपोर्ट अधिकांश मुस्लिम देशहरुमा प्रयोग हुने गरेको छ।
राजपत्रमा प्रकाशित नयाँ नियमावली अनुसार अब साधारण पासपोर्टको रङ चकलेटी खैरो हुनेछ। कुटनीतिक राहदानीको रङ भने रातो नै राखिने भएको छ। विशेष राहदानीको आकाशे नीलो रङनै कायमै छ भने सर्भिस राहदानी भनेर सुन्तला रङ थपिएको छ। सर्भिस राहदानी विदेशस्थित नियोगमा खटिने कर्मचारीका लागि हो।
Facebook Comments


























