काठमाडौं, भदौ १ । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत् काठमाडौं भोटाहिटीकी ५८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
गत साउन २८ गते अस्पताल भर्ना भएकी उनको सोमबार बिहान १० बजे मृत्यु भएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिए।
अस्पताल भर्नापश्चात् उनमा कोरोना परीक्षण गर्दा संक्रमण पोजेटिभ देखिएको हो। मृतक महिलाको शव नेपाली सेनाको टोलीले आजै व्यवस्थापन गर्ने तयारी गरेको छ।
आइतबार पनि पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो।
Facebook Comments


























