साउन ३२ । युरोपा लिग फुटबलको सेमिफाईनल खेलमा म्यान्चेष्टर युनाईटेड र सेभियिा आज (आईतबार) राति भिड्दैछन्।
युनाईटेडका मुख्य प्रशिक्षक आले गुनर सोल्सायरले सेभियाबिरुद्धको खेलमा लागि मुख्य खेलाडीलाई टिममा बोलाएका छन्।
युनाईटेड सन् २०१६/१७ पछि पहिलो पटक मुख्य उपाधिबाट मात्र दुई खेल टाढा छ।
युनाईटेडले यस सिजन ईएफएल र एफ ए कपको सेमिफाईनल खेल गुमाएको थियो।
‘तिमीलाई राम्रोसंग थाहा छ, जब तिमी सेमिफाईनलमा पुग्छौ, तिमले ठुला टिमबिरुद्ध खेल्नुपर्छ।’ सोल्सायरले भनेका छन्।
‘यो ठुलो खेलाडीलाई संयोजक गर्ने समय हो।’ उनले भने।
‘तिमीले सतप्रतिशत खेलमा दिन आवश्यक छ। किनकी सानो चिजले खेल परिवर्तन गर्न सक्छ। हामीले सिकेका छौ। सेमिफाईनलको खेल हार्नु निकै पिडादायी हुन्छ।’ उनले थपे।
पाँच पटकको विजेता सेभियाले प्रिमियर लिग क्लब उल्भ्सलाई हराउँदै सेमिफाईनल यात्रा तय गरेको थियो।
‘हामीले तयारी र खेलमा फर्कन राम्रो तयारीको मौका पायौ। सोल्सायरले भने, हामीले ६ दिनको समय पायौ। हामी तयार छौ।’ उनले भने।
‘हामीले यस सिजन दुई सेमिफाईनल खेलिसकेका छौ। हामी जति सक्दो अघि जान चाहन्छौ। तर हामी सन्तुष्ट छैनौ।’ सोल्सायरले भने।
विजेता टिमले फाईनलमा ईन्टर मिलान र शख्तर डोनेस्कसंग प्रतिस्पर्धा गर्नेछ। एजेन्सी


























