काठमाडौं, साउन ३२ । पाटन अस्पतालमा उपचार गराइरहेका थप एक कोरोना संक्रमितको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
१२ दिनदेखि पाटन अस्पतालमा उपचार गराइरहेका मृतक ७२ वर्षीय पुरुषको गंगालाल अस्पतालमा मुटुको अपरेशन गरिएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ४ रहेको छ।
Facebook Comments


























