काठमाडौं, साउन ३० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले कार्यदलमार्फत् पार्टीलाई वैचारिक र संगठनात्मक रुपमा एकताबद्ध बनाउन अर्को विकल्प नरहेको बताएका छन्।
नेकपाले शुक्रबार महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्य कार्यदल गठन गरेपछि समाजिक सञ्जाल फेसबुकमा लेख्दै मन्त्री भट्टराईले कार्यदलबाटै विवाद समाधानको बाटो खोज्नु पर्ने बताएका हुन्।
Facebook Comments

























