काठमाडौं, साउन ३० । विश्वकप छनोट तयारीका क्रममा रहेको नेपाली फुटबलरमध्ये एकजना खेलाडी कोरोनाबाट संक्रमित भएका छन्। केही दिनअघि फिफा विश्वकप छनोटको तयारीका लागि ३३ जना नेपाली फुटबल खेलाडीको कोरोना परिक्षण गर्दा एक खेलाडीमा कोरोना भएको पुष्टि छ। विहिबार ३३ जनाकै रिपोर्ट सार्वजनिक आउँदा एक जना खेलाडीको पुनः परिक्षण गर्नुपर्ने एन्फाले जानकारी दिएको थियो।
पाटन अस्पतालले अहिले उनै खेलाडीमा कोरोना संक्रमण भएको पुष्टि गरेको छ। २० बर्षे ती खेलाडीको टेष्ट पोजेटिभ देखिएपछि उनलाई घरमै आइसोलेसनमा बस्न सुझाव दिइएको छ। तर, संक्रमण देखिएका खेलाडीलाई कसरी ब्यवस्थापन गर्ने विषयमा भने इपीडीमीयोलोजी र रोग नियन्त्रण महाशाखाले छलफल गरिरहेको बताइएको छ।
Facebook Comments


























