रौतहट, साउन २९ । प्रतिबन्धित लागुऔषध सहित प्रहरीले तीन जना लाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तनहु दुलेगौडा नगरपालीका– ४ निबासी २८ बर्षिय महम्मद मुर्तुजा, कास्की पोखरा महानगरपालिकाका– ३१ निबासीे ३९ बर्षिय राम बहादुर रानाभाट र नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० सुनौलका लालुदिन मिया (खान) रहेका छन । पोखराबाट सुनसरीको ईटहरी जादै गरेको ग २ च ३९७५ नम्बरको कारमा कोकाकोलाको बोतल भित्र प्रतिबन्धित लागु औषध लुकाईछिपी राखिएको अबस्थामा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बरामद गरी उनीहरु लाई पक्राउ गरेको हो।
लागु औषध ओनरेक्सको सिलबन्दी ४ थान बोतल समेत उक्त कार बाट बरामद भएको छ। उनीहरुको साथ बाट प्रहरीले नगद ५० हजार, भारतीय ५ सयको नोट ४५ हजार, अमेरिकन डलर एकको १६ थान र बिभिन्न कम्पनीको ४ थान मोवाईल बरामद गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।


























