नवलपरासी, साउन २९ । पूर्वी नवलपरासीको कावासोतीमा समुदाय स्तरमा कोभिड १९ संक्रमण देखिए पछि यहांको मालपोत कार्यालय बन्द भएको छ।
समुदाय स्तरमा सदरमुकाम कावासोती नगरका बैंक, संचार गृह र सुरक्षा निकायका १ सय ९४ जनाको स्वाव परीक्षण गर्दा दुई जनामा कोरोना संक्रमण देखिएको थियो।
स्थानीय रेडियोका संचारकर्मी र मालपोत कार्यालय कावासोती एक्सटेन्सनका कारिन्दामा कोभिड १९ पुष्टी भए संगै मालपोतले एक सूचना जारी गर्दै भदौ ६ सम्मका लागि आफ्नो सम्पूर्ण सेवा बन्द गरेको हो।
मालपोत कार्यालय कावासोतीका अनुसार स्थानीय प्रशासनबाट प्राप्त सूचना र सेवाग्राहीको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखी कार्यालयको दैनिक सेवा बन्द गरिएको हो।
यसैवीच कावासोती मालपोत कार्यालयमा आएका एक सेवा ग्राहीमा पनि कोरोना संक्रमण पुष्ठी भएको जनाइएको छ।
समुदाय स्तरमा कोरोना संक्रमण देखिए पछि पूर्वी नवलरासीको कावसोती २ स्थित ओमशान्ति मार्ग र विनयी त्रिवेणीको २ को सिजी सिमेन्ट उद्योग वरपरको क्षेत्र अर्को निर्णय नहूदा सम्मका लागि सिल भएकाछन्।
विनयी त्रिवेणी स्थित सिजी सिमेन्टमा कार्यरत एक मजदुरमा कोरोना संक्रमण पुष्ठी भए पछि उद्योग र उनको डेरा रहेको दुम्किबास क्षेत्र सिल गर्नु परेको हो।



















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)






