धादिङ, साउन २९ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) बाट स्थानीय समुदायमा संक्रमण हुन थालेपछि जिल्ला प्रशासन कार्यलय धादिङले एक साताका लागि जिल्ला सदरमुकाम धादिङवेशीमा निषेधाज्ञा जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा जिल्लाका सरोकारवालासहित बसेको संकट व्यवस्थापन समितिको बैठकले बुधबार राती १२ बजेदेखि लागू हुनेगरी भाद्र ३ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।
जिल्ला सदरमुकाम भित्रिने मुख्य नाका कालुपाण्डे राजमार्गको दायाँबायाँ क्षेत्रहरु तथा नीलकण्ठ नगरपालिकाको २, ३, ४, ७, ८, १२ र १४ नम्बर वडामा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० बमोजिम निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यलय धादिङले जानकारी दिएको छ।
पछिल्लो दुई साताअघिदेखि धादिङवेशी आसपासका स्थानीयलाई पनि कोरोनाको संक्रमण देखिएको थियो।


















![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)







