साउन १९ । भारत सरकारले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट युएईमा आयोजना गर्नका लागि अनुमति दिएको छ।
आईपीएलको गभर्निङ बडीले आइतबार भारत सरकारबाट युएईमा आईपीएल आयोजनाका लागि अनुमति पाएको हो।
सरकारको अनुमति पाएसँगै १३ औं संस्करणको आईपीएल युएईमा हुने पक्का भएको छ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले आईपीएल सेप्टेम्बर १९ बाट नोभेम्बर १० सम्म हुने बताईसकेको छ।
यस्तै आईपीएलको गभर्निङ बडीले हरेक टिममा २४ खेलाडी राख्ने पाईने नियम समेत बताईएको छ।
कोरोना भाईरसको महामारीको कारण बीसीसीआईले युएईमा आईपीएल गराउने निर्णय गरेको हो।
एसिया कप र टी–२० विश्वकप यस वर्ष स्थगित भएसंगै आईपीएल आयोजनाको बाटो खुलेको हो।
आईपीएल युएईमा आयोजना हुन लागेको यो दोस्रो पटक हो। यसअघि सन् २०१४ मा समेत पहिलो चरणको खेलहरु युएईमा भएको थियो। यस पटक भने पुरा सिजन युएईमा हुनेछ।
यस अघि आईपीएल मार्च २९ बाट हुने तालिका रहेको थियो। तर, कोरोनाको कारण लिग स्थगित गरिएको थियो। एजेन्सी


























