साउन १९ । नेयमारलाई पुन हस्ताक्षर गर्नु अव्यवहारिक हुने बार्सिलोनाले जनाएको छ।
बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउले वर्तमान आर्थिक अवस्थाका कारण नेयमारलाई पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट पुन क्लबमा हस्ताक्षर गर्नु व्यवहारिक नहुने बताएका हुन्।
उनले ईन्टर मिलानका फरवार्ड लोरेन्टो मार्टिनेजलाई समेत अनुबन्धन गर्न गाह्रो हुने बताए।
बर्टोमेउले बार्सिलोनाले मार्च र जुनमा अपेक्षा भन्दा निकै कम २ सय मिलियन युरो कोरोनाका कारण गुमाएको बताएका छन्।
‘युरोपका सबै ठुला क्लब प्रभावित छन्। यो मात्र अन्तिम बर्ष हैन। अझै तीन वा चार बर्ष जान सक्छ।’ उनले भनेका छन्।
ब्राजिलियन फरवार्ड सन् २०१७ मा विश्व कीर्तिमानी मुल्यमा २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पीएसजी गएका थिए। उनलाई पुन अनुबन्धन गर्न बार्सिलोनाले प्रयास गरिरहेको छ।
‘नेयमार ? यस्तो अवस्थामा। यो अव्यवहारिक छ।’ बर्टोमेउले भने, ‘न पीएसजीले उनलाई बेच्न चाहन्छ।’
‘बार्सिलोनाले लौटाराको बिषयमा ईन्टरसंग कुराकानी गरेको छ। तर कुराकानी रोकिएको छ। ठुलो लगानी गर्ने अवस्था छैन।’ उनले भनेका छन्।
उनले मार्च र जुनको बीचमा २ सय मिलियन युरो नोक्सान ब्यहोरेको बताएका छन्।
’यदी अवस्था यस्तै रह्यो भने दर्शक हुने छैनन्, संग्राहलय खुल्ने छैन। स्टोर खुल्ने छैन। र अझ धेरै नोक्सानी भोग्नु पर्नेछ।’ उनले भने।
‘यसले ब्यवस्थापनलाई अझ कठिन हुन बाध्यता सिर्जना गर्नेछ। हामीलाई समिक्षा गर्न आवश्यक छ, कुन लगानी महत्वपूर्ण छ, कुन लगानी पर्खन पर्नेछ।’ उनले भने। एजेन्सी


























