साउन १८ । इटालियन सिरी ‘ए’ फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा इन्टर मिलानले सहज जित निकालेको छ।
शनिबार राति भएको खेलमा इन्टरले एटलान्टालाई २-० गोल अन्तरले पराजित गरेको हो।
घरेलु मैदानमा पहिलो मिनेटमै डानिलो डीुएम्ब्रोसियाले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए।
त्यसपछि खेलको २० औं मिनेटमा एस्ले योङले गोल गर्दै इन्टरलाई २-० को जित दिलाए।
जितसँगै इन्टरले दोस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको छ।
इन्टरले ३८ खेलमा ८२ अंक जोड्यो । इन्टर च्याम्पियन युभेन्ट्स भन्दा १ अंकले पछि रह्यो।
एटलान्टाले तेस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको छ। एटलान्टाले ७८ अंक जोड्यो।
यस्तै नापोलीले अन्तिम खेलमा लाजियोलाई ३-१ ले हराएको छ।
एसी मिलानले काग्लियारीलाई ३-० ले हराउँदा ब्रेसिया र साम्पडोरियाबीचको खेल १-१ गोलको बराबरीमा सकिएको छ। एजेन्सी
Facebook Comments


























