साउन १८ । गत साता भारतमा मात्रै कोरोनाबाट २५ जना नेपालीको मृत्यु भएको छ। योसँगै कोरोनाबाट विश्वका विभिन्न देशमा १ सय ८९ जना नेपालीको मृत्यु भएको छ।
एक सातामा भारतमा मात्रै २५ नेपालीको ज्यान गएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जानकारी दिएको छ।
स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाका अनुसार पछिल्लो समय भारतमा सङ्क्रमण बढ्दै जाँदा त्यहाँ रहेका नेपाली पनि प्रभावित हुने क्रम बढेको छ।
सबैभन्दा धेरै भारतको महाराष्ट्रमा रहेका नेपालीहरु बढी प्रभावित भएका छन्। यस्तै गएको साता दक्षिण अफ्रिकामा पहिलो पटक एक नेपालीको कोरोनाबाट ज्यान गएको छ।
साउदी अरबमा दुई जनाको मृत्यु भएको छ।
Facebook Comments























