वीरगञ्ज, साउन १८ । पर्सामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार राति नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप ४५ जनामा कोरोना संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए।
संक्रमण देखिनेमा ५ देखि ६२ वर्ष उमेर समूहका ३१ जना पुरुष र १४ जना महिला रहेको डा. उपाध्यायले बताए। उनीहरुको साउन १२ देखि १६ गतेसम्म स्वाब संकलन गरिएको थियो।
संक्रमित मध्ये मास टेस्टिङ्गमा स्वाब संकलन गरिएका २९ जना, स्वेच्छाले जाँच गराउने सातजना र कन्ट्याक ट्रेसिङमा परेका ८ जना रहेका छन्।
संक्रमित मध्ये वीरगन्ज महानगरका मेयर विजय सरावगीको परिवारका दुईजना र उनको सम्पर्कमा आएका चारजना रहेका छन्।
Facebook Comments


























